नेपाललाई अवार्ड हेरिटेज पेजेन्टमा

 

miss heritage
काठमाडौं : सिंगापुरको ब्युटी वल्र्डस्थित अंकल रिंगो काइन्डनेस कार्निभलमा सञ्चालन भएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हेरिटेज पेजेन्टस् २०१९ को ग्रान्ड फिनालेमा पर्सनालिटी र मिस एथनिकको अवार्डसहित सेन्ट्रल एसियाकी गुल्बानो माडियारोभाले मिस हेरिटेज इन्टरनेसनल २०१९ को मुख्य उपाधि चुमेकी छन्।

प्रतियोगितामा मिसतर्फ नेपालकी सहभागी अदिति श्रेष्ठलाई मिस फोटोजेनिकसहित फोर्थ रनर अपको अवार्ड प्राप्त भएको छ। प्रतियोगितामा फिलिपिन्सकी म्यारी किम्बर्ली कगापे फस्ट रनरअप, केन्याकी शिला अकिन्यी उडिडा सेकेन्ड रनरअप तथा जिम्बाब्वेकी सान्ड्रा डिजवानी थर्ड रनरअप चयन भए।

मिसेस हेरिटेज इन्टरनेसनल २०१९ तर्फ भने मिसेस ट्यालेन्ट र पर्सनालिटी अवार्डसहित भारतकी विद्याकिरण घारेले उपाधि चुम्न सफल भइन्। जाम्बियाकी पेसन्स माकुन्गुले फस्ट रनरअपको उपाधि जित्दा नेपालको तर्फबाट मिसेस विधामा सहभागी दुर्गा विसुराल सेकेन्ड रनरअप बन्न सफल भइन्। दुर्गाले प्रतियोगितामा पिस ड्रेससहित पिस एम्बेसडरमा सेकेन्ड रनर अप तथा मिसेस एथ्निकतर्फ फस्ट रनरअप स्थान हात पारेकी थिइन्।

Leave a Reply

Top